देश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।
नगर कार्यपालिका कार्यालय तथा नगरपालिका अन्तर्गत मुलपानी नगर अस्पतालका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको हो ।
मेडिकल अधिकृत, डेन्टल सर्जन, हल्थ असिष्टेन्ट, स्टाफ नर्स, डेन्टल हाइजिनिष्ट, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट, सहायक कम्युटर अपरेटर, उद्यम विकास सहजकर्ता, फार्मेसी सहायक, रेडियोग्राफर, प्लम्बर, इलेक्ट्रिसियन र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक नागरिकले १५ दिनभित्र रितपूर्वक दरखास्त दिनुपर्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ ०६:५५
प्रतिक्रिया दिनुहोस्