site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच दिनपछि बागलुङ–बेनी सडक सञ्चालन
Siddhartha BankSiddhartha Bank

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले ब्याकुहोलोडर परिचालन गरेर सडकमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन हुन थालेको जानकारी दिए । पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुङ्गाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो । 

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरूलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । 

Global Ime bank

पहिरो पन्छाए पनि पहिरोको जोखिम कायमै रहेकाले आवतजावतका क्रममा सावधानी अपनाउन पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो ।

गत बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिला चोट लागेर घाइते भएका थिए । पहिरोले गुब्डिरहेका सवारी साधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ । 

हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत असारमा खबरा र हाँडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय