काठमाडौं । नबिल बैंकले ‘कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद’ कार्यक्रमको प्रतिवेदन सार्वजनकि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए ।
प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रूपमै कृषिलाई प्राथमकिता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने निष्कर्ष रहेको छ । साथै कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष रहेको छ ।
गत वर्षको चैतमा चितवनमा कृषि कर्जा मेला आयोजना गरेको थियो ।
नेपाल सरकारले अबलम्वन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन बैंकले दिगो बैंकिङको सुरुवात गरेको हो ।
बैंकले हाल १०० भन्दा बढी शाखाबाट दीगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत् ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।