काठमाडौं । माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालन गरेको मोको डिजिटल वालेटबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी बैंकका ग्राहकहरूले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढी विभिन्न मर्चेन्टहरूमार्फत कारोबार गरी रकम भुक्तानीसमेत गर्न सक्नेछन् ।
त्यस्तै माछापुछ्रे बैंकका मर्चेन्टहरूले ‘एमभिसा अली पे र युयियन पे’सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआरबाटै भुक्तानी लिन सक्नेछन ।