देश

काठमाडौं । सिन्धुपाल्चोकमा हत्या आरोपमा एकजना पक्राउ परेकी छन् ।
हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामाको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा उनकै बुहारी २३ वर्षीया रिता तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा रिताले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका कामीढिण्डुको स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्