site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्जा प्रवाह एक अर्बले बढ्यो, सीडी रेसियो ८८.४२ प्रतिशत कायम
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार निक्षेप घट्दै गएको वाणिज्य बैंकहरूमा पछिल्लो साता स्थिर स्थिति देखिएको छ ।

अघिल्लो साता सात अर्ब ७२ करोड रुपैयाँ निक्षेप घटेकामा गएको साता (भदौ ३ देखि १० गतेसम्म) केही मात्रामा निक्षेप वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गएको साता ५१ करोड रुपैयाँ निक्षेप थप भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भदौ ३ सम्म ४४ खर्ब २५ अर्ब ६५ करोड निक्षेप संकलन भएको थियो । भदौ १० गतेसम्म उक्त निक्षेप बढेर ४४ खर्ब २६ अर्ब १६ करोड पुगेको छ ।

यस्तै, कर्जा प्रवाह पनि एक अर्ब २९ करोड रुपैयाँ बढेको छ । अघिल्लो साता एक अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । भदौ ३ सम्म ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यो बढेर भदौ १० सम्म ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Global Ime bank

निक्षेपमा सुधार आएसँगै वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियोमा पनि सुधार देखिएको छ । भदौ ३ मा सीडी रेसियो ८८.४७ प्रतिशत रहेकामा भदौ १० गते सुधार भई ८८.४२ प्रतिशत कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय