site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ राजदूतलेसमेत तपाईं र आरजुबीच दिल्लीमा सहमति भयो रे भनेर चासो राख्दा मलाई अनौठो लाग्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दिल्ली भ्रमणका बेलामा कुनै पनि नयाँ समझदारी र सहमति नभएको स्पष्ट पारेका छन् ।

पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले भारत भ्रमणपछि अनावश्यक हल्ला फैलाइएको र त्यो काम एमालेका कार्यकर्ताले गरेको संकेत गरे ।
उनले अमुक पार्टीका कार्यकर्ताले बढी हल्ला गरेको बताएका थिए ।

“आरजु राणा प्रधानमन्त्रीको परिवार पनि हो । स्वास्थ्य उपचारका लागि दिल्लीमा हुनुहुन्थ्यो । मेरो भारत भ्रमणका बेला आरजु पनि त्यहाँ (दूतावासमा) आउनुभएको थियो । सामान्य औपचारिकता र स्वास्थ्यलाभको कामनाबाहेक केही कुरा भएको होइन,” प्रचण्डले भने, “त्योभन्दा बढी हुने कुरा भएन । एउटा राजनीतिक दलसँगका मानिसले भारतीयलाई समेत राखेर सहमति भयो भन्ने कुरा गरे । त्यो विल्कुल नियोजित झुटा प्रचार हो । हाम्रो पार्टी र मलाई बदनाम गर्ने नियत हो । त्यसपछि चिनियाँ राजदूतले समेत तपाईं र आरजु भारतमा बसेर सहमति गर्नुभयो रे ? भनेर चासो राख्नुभयो । मलाई अनौठो लाग्यो ।”

उनले नागरिकता विधेयकका विषयमा पनि त्यसैगरी हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरे ।

“कुनै साइनो सम्बन्ध नभएको नागरिकता विधेयक पनि म भारतबाट आएर अघि बढाएको भनियो, त्यसमा पनि सत्यता छैन,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro