site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खाली भनेर टिकट काट्ने, गाडी चल्ने बेला सिटमा अर्कै मान्छे !

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भिड छ । काठमाडौंको नयाँ बसपार्कमा दसैँ मनाउन घर जानेहरूको भिड छ ।

टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरू बिहानैदेखि नयाँ बसपार्कमा छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरू यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरिरहेका छन् ।

Dabur Nepal
NIC Asia

बिच बाटोबाट सर्वसाधारणहरू लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरूका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरूको गुनासो छ ।

त्यस्तै, यातायात व्यवसायीहरूले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खाली नरहेको उनीहरूको भनाइ छ । बस व्यवसायीहरूले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरूलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरूको चर्को गुनासो छ । उनीहरूले सरकारले दसैँमा घर जानेहरूलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोशसमेत व्यक्त गरेका छन् ।

यातायात व्यवसायीहरूले भने 'अन द स्पोट' आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरूले यस्तो समस्या निकालिरहेको बताए ।

उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए ।

नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरू गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरू भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् ।

नयाँ बसपार्क, गौशाला, कोटेश्वरलगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro