site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

भारत र बेलायतको सेनामा ‘गोर्खा भर्ती’ बन्द गर्ने हो भने सम्भवतः ‘अग्निपथ’ योजनामा आधिकारिक असहमति जनाउनु नेपालका निम्ति उपयुक्त र सहज उपाय हो । परन्तु, त्यसो गर्नुभन्दा पहिले देशभित्र व्यापक र गम्भीर छलफल गर्नु जरुरी देखिन्छ ।
 
नेपाली युवा विशेषगरी जनजातिहरूमा गोर्खा भर्तीका नाममा बेलायत र भारतको सेनामा भर्ना हुने अभ्यास निकै लोकप्रिय छ । बर्सेनि हजारौं युवाले ‘लाहुरे’ हुने तयारीमा कठिन अभ्यासहरू गर्नेगरेको देखिन्छ ।
 
भारतमा बेलायतको उपनिवेश स्थापना हुनुभन्दा पहिलेदेखि नै नेपालीहरू त्यहाँका राजा रजौटाका सेनामा भर्ती भएको उदाहरण छन् । लाहुरे शब्दकै व्युत्पत्ति पञ्जाव राज्यको राजधानी लाहुरका नामबाट भएको मानिन्छ ।
 
बिट्रिस भारतलाई राणाहरूले सेनामा नेपाली भर्ना गर्ने अनुमति दिएपछि विधिवत् सुरु भएको ‘गोर्खा भर्ती’मा २००४ सालमा भारत स्वतन्त्र हुनेबेला नयाँ आयाम थपियो । बिट्रिस भारतको गोर्खा फौज बेलायत र भारतले बन्डा गर्ने सहमतिमा नेपाल पनि सहमत भएर त्रिपक्षीय सन्धि गरिएको थियो ।
 
नेपालमा राणा शासनको अन्त्यसँगै गोर्खा भर्तीको पनि विरोध हुन थाल्यो । विशेषगरी कम्युनिस्टहरूले गोर्खा भर्ती बन्द हुनुपर्ने माग गरे । तर, बेरोजगारीका साथै लाहुरे जीवनको आकर्षणले जनजाति युवाबीच गोर्खा भर्ती लगभग पहिलो रोजाइ हुँदै आएको छ ।
 
बेलायतले बिस्तारै गोर्खा सैनिकको सङ्ख्या घटाउँदै लगे पनि भर्ती बन्दै भने गरेको छैन । भारतले पनि सङ्ख्या कम गर्दै लगेको छ तर भर्ती गरी नै रहेको छ । विवादास्पद ‘अग्निपथ योजना’मा गोर्खा भर्ती पनि समावेश गरिएको बताइएको छ । 
 
पहिले ४ वर्षका लागि भर्ना गरेर सैनिक सेवामा लगाउने र तीमध्ये २५ प्रतिशतलाई मात्र स्थायी सैनिक बनाउने ‘अग्निपथ’योजनाको भारतमा पनि चर्को र व्यापक विरोध भइरहेको छ । नेपाली युवालाई अग्निविर योजनामा सामेल नगर्न नेपाल सरकारले भारतलाई सूचित गरेको जानकारी सार्वजनिक भएको छ ।      
 
‘अग्निपथ योजना’ भारतको आन्तरिक मामिला हो तर नेपालीलाई सामेल हुन दिने कि नदिने भन्ने विषयमा भने नेपालले निर्णय गर्नुपर्छ । यति बेलै गोर्खा भर्तीका सम्बन्धमा बेलायत र भारतसँग गरेको सन्धिमा पुनरावलोकन पनि गर्न सकिन्छ ।
 
भारत अग्निपथ योजना कार्यान्वयनमा अडिग रहने हो भने अहिले रोकिएका युवाहरू भर्ती हुने मौका गुम्नेछ । यसैले गोर्खा भर्ती नै बन्द गर्ने हो भनेमात्र अग्निवीर योजनाबाटै फिर्ता हुन सुरु गर्नु उचित हुनेछ । 
 
वैदेशिक रोजगारीका दृष्टिमा गोर्खा भर्ती सम्भवतः सबैभन्दा आकर्षक स्थल हो । यद्यपि, सैनिक सेवा भएकाले यससँग जोडिएका नैतिकता र राष्ट्रिय स्वाभिमानका प्रश्नलाई उपेक्षा गर्न कुनै पनि अवस्थामा मिल्दैन ।
 
देशभित्र आकर्षक रोजगारीको अभाव भएकाले सरकार असहमत रहँदारहँदै पनि लुकिछिपी भर्ती हुने अभ्यास पनि हुनसक्छ । त्यस अवस्थामा अहिले कल्पना नगरिएका समस्या उत्पन्न हुनसक्छन् । सरकारले यसका सबै पक्षमा गम्भीर विमर्श पनि गरोस् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १३:४६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro