site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बनाउन सके
Sarbottam CementSarbottam Cement

काठमाडौंको मौसमको तुलना
अरू कुनै पनि सहरसँग गर्न सकिन्न
मौसमका हिसाबले 
स्वर्ग नै हो काठमाडौं ।

यो अर्कै कुरा हो
कि जताततै फोहरको डंगुर छ
के गर्नु हजुर !
फोहरको राजनीति साह्रै फोहोरी छ
तर, काठमाडौं स्वर्ग नै हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदूषण छ चाहिनेभन्दा अलिक बढी
ट्राफिक जामले पनि दिक्क लाउँछ
पानी र बिजुलीको त कुरै नगर्नु बेस
यी सबै कुरालाई एकातिर राखेर हेर्ने हो भने
काठमाडौं त स्वर्ग नै हो ।

हजुर ! अचेल म सकारात्मक मात्र सोच्न थालेको छु
ढिलो–चाँडो फोहरको व्यवस्थापन होला
प्रदूषण घट्ला, धारामा पानी आउला
बिजुलीको के दुःख– बेच्नै थालेपछि
अनि सबैभन्दा मुख्य कुरो
काठमाडौंको मौसम साह्रै राम्रो छ
वास्तवमा काठमाडौं त स्वर्ग नै हो । 
०००
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय