देश
काठमाडौं । काठमाडौं महागरपालिकाको नगर प्रहरीको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली त्यहाँ पुगेको हो ।
अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।
नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १३:४५
प्रतिक्रिया दिनुहोस्