देश
काठमाडौं । विद्यार्थीहरूलाई लक्षित गरेर आज गरिएको विशेष चेकिङमा ४४ जना विद्यार्थी कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियानअन्तर्गत आज विद्यार्थीसहित ४१८ जना चालकहरू कारबाहीमा परेका छन् ।
जसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन जना, तीव्र गतिमा सवारी साधन चलाउने एकजना र अन्य कसुरमा ६ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
जसमध्ये बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक पनि रहेका छन ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १६:४२
प्रतिक्रिया दिनुहोस्