राजनीति
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।
बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन गएकाले आजका लागि सारिएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ ०६:२८
प्रतिक्रिया दिनुहोस्