अर्थ व्यवसाय
काठमाडौं । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
नेपालभरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिन लागेको हो ।
नेपालभरबाट विभिन्न विधाबाट ६४८ किशोरकिशोरीहरूले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् ।
सेप्टेम्बर १ मा सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ‘ग्लोकल टिन हिरो २०२२ नेपाल’ विजेताको नाम घोषणा गरिनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्