site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रिए भारतीय चलचित्र मजदुर 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुम्बई । यतिबेला बलिउडमा खडेरी परिरहेको छ । एकपछि अर्को ठूला बजेटका चलचित्रहरु बक्स अफिसमा कमजोर प्रमाणित भइरहेका छन् भने सामाजिक सञ्जालमा बलिउड बहिष्कार अभियान सुरु भइसकेको छ ।

लगातार फिल्म फ्लप हुने र सामाजिक सञ्जालमा बहिस्कारको समस्यासँग जुझिरहेको बलिउड फिल्म उद्योगमा फेरि अर्को समस्या आइपरेको छ । चलचित्रका ज्यालादारी मजदुरहरुले काम ठप्प गरी आन्दोलनमा उत्रिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चलचित्रमा दैनिक ज्यालादारी गर्ने मजदुर युनियनले एउटा सूचना जारी गर्दै पारिश्रमिक नदिने निर्माताहरुसँग काम नगर्ने घोषणा गरेका छन् । नवभारत टाइम्सका अनुसार मजदुरहरुले सँगै काम नगर्ने भनेका निर्माताहरु बलिउडका ए–ग्रेड कलाकारहरुले अभिनय गरेका चलचित्र अनि वेब सिरिजका निर्माताहरु हुन् ।
 
मजदुरहरुले पछिल्लो तीन महिनादेखि ज्याला नदिएका निर्माताहरुविरुद्ध सूचना जारी गरेका हुन् । फिल्म स्टुडियो सेटिङ एण्ड अलाइड मजदुर युनियनका महासचिव गंगेश्वर श्रीवास्तवले माग पूरा नभएसम्म आन्दोलन गर्ने र ज्याला नियमति दिने हो भने काम गर्न कुनै समस्या नरहेको बताएका छन् ।

“हाम्रो सदस्यहरु ज्यालामा काम गर्नेहरु हुन् । यस्तोमा उनीहरुको पेमेन्ट १ हप्तासम्म रोकिए सामान्य नै हो भन्न सकिन्छ । तर, तीन महिनासम्म पेमेन्ट पाइरहेका छैनन्, जुन एकदम गलत हो । त्यसैले युनियन अगाडि आउने निर्णयसहित यस्तो पहल गरेका हौँ,” श्रीवास्तवले भने, “यस संघको स्थापना नै कामदारहरुको अधिकार सुनिश्चित गर्नका लागि भएको हो । उनीहरुको ज्याला नियमति दिने हो भने हामी (युनियन) बीचमा आउने छैनौँ ।”

Royal Enfield Island Ad

यता निर्माताहरुले उल्टै युनियनमाथि आरोप लगाएका छन् । युनियनले कामदारहरुको ज्याला युनियनमार्फत दिनुपर्छ भन्ने रणनीति रचेको निर्माताहरुको आरोप छ । 

युनियनका अनुसार हालै रिलिज भएको एउटा ठूलो बजेटको चलचित्रका निर्मातासँग मजदुरहरुको भारु ८० लाखको हिसाबकिताब बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro