काठमाडौं । मधेस प्रदेशका ३ पालिकाका विभिन्न राजनीतिक दलका २०० नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।
पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराउने भएको हो । मधेस प्रदेशको पर्सा जिल्लाबाट आएका सयौँ नेता कार्यकर्ता एमाले पार्टी कार्यालयको क्यान्टिनमा भोज खाँदैछन् ।
पार्टी प्रवेश गर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका पूर्वअध्यक्ष जसपाका विजय चौरसिया , मैनपुरकै ३ नम्बरका पूर्ववडाअध्य मदन साह कानु, बिन्दबासिनी गाउँपालिका पूर्वअध्यक्ष जसपाका श्रीलाल मोदी कानु तथा बिन्दबासिनीकै पूर्वउपप्रमुख कांग्रेसकी किरणदेवी गुप्ता पार्टी प्रवेश गर्न लागेका हुन् ।
यस्तै, नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उमेदवार श्रीमती अदायादेवी मेहता लगायत २०० जना कांग्रेस, एकीकृत सामाजवादी, जसपा र नेपाल सुशासन पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।