site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी पत्रकारकाे हत्यामा युक्रेनको हात रहेको रुसको आरोप
Siddhartha BankSiddhartha Bank

मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका निकतटम सहयोगीमध्ये एककी छोरीको हत्याका लागि युक्रेनी विशेष सेवालाई आरोप लगाएको छ । 

क्रेमलिनको प्रोपोगन्डाकर्ताको रूपमा पनि चिनिने २९ वर्षीया पत्रकार दार्या दुगिनाको शनिबार राजधानी मस्को नजिक आफैँले हाँकिरहेको कारमा विस्फोटन हुँदा ज्यान गएको थियो । 

उनका अति–राष्ट्रवादी पिता अलेक्जान्डर दुगिन रुसी राष्ट्रपति पुटिन निकटका व्यक्ति भएकाले पनि उनको हत्या गरिएको हुनुपर्ने अनुमान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रुसको संघीय सुरक्षा सेवा (एफएसबी)ले आफूले यस हत्याकाण्डको रहस्य सुल्झाएको र यसमा युक्रेनको प्रत्यक्ष हात रहेको दाबी गरेको छ । 

युक्रेनी अधिकारीहरूले यस घटनामा आफ्नो कुनै हात नरहेको बताइसकेका छन् । 

Global Ime bank

तर, रुसी सञ्चार माध्यमले सार्वजनिक गरेको एफएसबीको एक विज्ञप्तिमा भने युक्रेनी विशेष सेवाले हत्याका लागि भडामा लिएका एकजना महिला पेशेवर हत्यारा जुलाईको मध्यतिर आफ्नी सानी छोरीसँगै रुस आइपुगेको जनाएको छ । 

ती महिलाले दुगिनको जीवन र दिनचर्याबारे बुझ्नका लागि उनी बस्ने अपार्टमेन्टमै एउटा कोठा भाडामा लिएको तथा आफूले हाँक्ने मिनी कूपर कारमा तीनवटा छुट्टाछुटै लाइसेन्स प्लेट प्रयोग गर्ने गरेको बताइएको छ । 

विस्फोटको घटनापछि उनी इस्टोनियातर्फ भागिसकेको पनि एफएसबीले जनाएको छ । 

शनिबार साँझ दुगिना आफ्नो पितासँग मस्को नजिक आयोजित एक महोत्सवमा सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनका दार्शनिक पिताले प्रवचन दिएका थिए । तिनीहरूले एउटै कारबाट फर्कने योजना अन्तिम समय परिवर्तन गरेका थिए । 

अनुसन्धानकर्ताहरूले उनको टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ राखेर विस्फोट गराइएको जनाएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement