अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेसनल कन्सल्टेन्सी अर्गनाइजेसन (फेकन)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् फेकनमा आबद्ध कन्सल्टेन्सीहरूलाई बैंकले शैक्षिक कर्जा एवं अरू आवश्यक बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने जनाइएको छ ।
आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरूलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अरू बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको बैंकलले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १२:१७
प्रतिक्रिया दिनुहोस्