काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिप्रति राजनीतिक दलका प्रमुख तथा शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । शनिबार राति ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा गिरिको निधन भएको थियो ।
गिरिप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चिन्तनशील राजनीतिकर्मीका रुपमा सम्झना गरेका छन् । ओली लेख्छन्, “मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) August 21, 2022
यस्तै, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिलाई नेपाली राजनीतिका वौद्धिक व्यक्तित्वको रुपमा सम्झिएका छन् । प्रचण्डले ट्विट गरेका छन्, “नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।”
नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । pic.twitter.com/VUdquakuCo
— ☭ Comrade Prachanda (@cmprachanda) August 21, 2022
गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले लेखेका छन्, “नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) August 21, 2022
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसका नेता तथा चिन्तक गिरिको निधनको खबरले आफू दुःखी भएको बताएका छन्। उनले ट्विट गरेका छन्, “नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरीको सदा सम्झना भइरहनेछ । हार्दिक श्रद्धाञ्जली !”
नेपाली काँग्रेसका नेता, चिन्तक,प्रखर वक्ता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको देहावसानको समाचारले स्तब्ध र दुःखी छु।
— Rajendra Lingden (@RajendraLingden) August 20, 2022
नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरीको सदा सम्झना भईरहनेछ।
हार्दिक श्रद्धाञ्जली ! pic.twitter.com/aY8cEaUo7e
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गिरिलाई एक असल नेताको रुपमा सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।
हार्दिक श्रद्धाञ्जली!
— Kamal Thapa (@KTnepal) August 21, 2022
एक असल नेताको रुपमा स्व. प्रदिप गिरीको सम्झना सदैव भैरहने छ।
शोकसन्तप्त परिवारमा हार्दिक समवेदना pic.twitter.com/ynQmSr7ZYU
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको दर्शन, विचार सदैव अमर रहने बताएका छन् ।