राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण बैठक बस्दै नबसी स्थगित गर्न लागिएको हो ।
आजको बैठक स्थगित गरेर भोलिका लागि बैठक बोलाउने बारे छलफल भइरहेको संघीय संसद् सचिवालयले स्रोतले जानकारी दिएको छ ।
“आजको बैठक स्थगित गरेर भोलि बोलाउने बारे छलफल भइरहेको छ । सूचना जारी भइसकेको छैन, केही बेरमा जारी हुन्छ,” स्रोतले बाह्रखरीसित भन्यो ।
सांसद गिरिको उपचारका क्रममा शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । गिरि घाँटीको क्यान्सरबाट पीडित थिए । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०९:४१
प्रतिक्रिया दिनुहोस्