site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गोप्य कोठा
Sarbottam CementSarbottam Cement

गोप्य कोठामा ताला लगाउनुपर्छ
अथवा पर्खाल उभ्याएर ढोका टाल्नुपर्छ
गोप्य कोठामा बस्न हुन्न तपाईं पनि
छिर्न हुन्न हामी पनि
गोप्य कोठा साहै्र खतरनाक हुन्छ ।

गोप्य कोठा 
अरूले सुन्न नहुने कुरा गर्नका लागि हो
गोप्य कोठा 
अरूले थाहै नपाई काम तमाम गर्नका निम्ति हो
गोप्य कोठामा खापाहरू हुन्न
सीसी क्यामेराहरू हुन्न
गोप्य कोठामा भएका कामहरूको अभिलेख रहन्न
प्रमाण हुन्न
दसी हुन्न
गोप्य कोठाभित्र मानिसहरूको भिड जसरी वर्जित हुन्छ
त्यसैगरी नियम र कानुनहरू पनि निषेधित हुन्छन्
गोप्य कोठा राख्न हुन्न
खुला समाजमा 
गोप्य कोठाहरू साहै्र असुहाउँदा लाग्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गोप्य कोठामा 
गर्न हुनेभन्दा नहुने कामहरू बढी हुन्छन्
गोप्य कोठामा सिसा त हुन्छ
सिसाभित्र के हुन्छ, देखिँदैन
के हुँदै छ, सुनिँदैन
भित्रबाट हेर्दा
बाहिर उज्यालो संसार देखिन्छ
भत्केको बाटो देखिँदैन
जीर्ण भएर चुँडिन लागेको पुल देखिँदैन
आकाशको छानो ओढेर
दिन र रात गुजारी रहेका निरीह मान्छेहरू देखिँदैन
गोप्य कोठामा ठूलो स्वर वर्जित हुन्छ
साना स्वरहरूको अधिपत्य हुन्छ
साना स्वरहरू भनेका कानेखुसी हुन्
यस्ता स्वरहरूमा असंगति बढी हुन्छन् 
गोप्य कोठामा यस्तै लहडहरू बढी हुन्छन्
यस्ता कोठाहरू साहै्र अतिवादी हुन्छन्
राख्न हुन्न
छन् भने पनि
भत्काउनुपर्छ यस्ता कोठाहरू ।

गोप्य कोठामा
मुसाले बिरालो ब्याउँछ
आलुको बिउमा अम्रिसो फल्छ
यस्ता कोठामा दिने काम बढी हुनुपर्ने हो
लिने र दिने सरावरी हुने गर्छ
गोप्य कोठमा नीतिका कुराहरू वर्जित हुन्छन्
आदर्श र सिद्धान्तका श्लोकहरू निषेधित हुन्छन्
कुरा गुलियो
व्यवहार चाम्रा हुन्छन्
नीति र नैतिकताका बखानहरू
आवादीको फाँट छोडेर
बन्जर मरूभूमिको यात्रामा निस्कन्छन् ।

Global Ime bank

गोप्य कोठा हुनु भनेको
इमानलाई लिलामीमा राख्नु हो
गोप्य कोठमा छिर्नु भनेको
बेइमानीलाई धाप मार्नु हो
यस्ता कोठाहरू 
यो युगको आँखामा बिझाउने कसिंगर हुन् ।

(इलाम)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय