site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रक्सी पिएर रमेकाे भिडियो सार्वजनिक भएपछि फिनिस प्रम मरिन बनिन् आलोचनाको सिकार 
Siddhartha BankSiddhartha Bank

हेलसिन्की । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले उन्मुक्त तरिकाले पार्टी मनाइरहेको एउटा भिडियो फुटेज सार्वजनिक भएपछि अहिले उनी व्यापक आलोचनाको सिकार भएकी छन् । 

सामाजिक सञ्जालबाट लिइएको हुनुपर्ने सो भिडियोमा उनी आफ्ना साथी र अन्य फिनिस चर्चित व्यक्तित्वहरूसँग नाचगान गरिरहेको देखिन्छिन् । 

उनको विपक्षी राजनीतिक पार्टीहरूबाट आलोचना भइरहेको छ । एकजना नेताले उनको लागुऔषध परीक्षण हुनुपर्ने आवाज उठाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, ३६ वर्षीया मरिनले आफूले लागुऔषध सेवन नगरेको दाबी गरेकी छन् । उनले आफूले रक्सी मात्र पिएको र दिल खोलेर पार्टीमा रमाइलो गरेको बताएकी छन् । 

उनी विश्वकै सबैभन्दा कम उमेरको सरकार प्रमुख भएकी थिइन् । अहिले यो उपाधि चिलीका राष्ट्रपति गाव्रियल बोरिकको पोल्टामा गएको छ । 

Global Ime bank

मरिनले पार्टी मनाउने कामलाई गोप्य राख्ने गरेकी छैनन् । साथै संगीत महोत्सवहरूमा पनि उनले प्रायः तस्बिर खिचाउने गरेकी छन् । 

गतवर्ष कोभिड–१९ संक्रमणको नजिक पुग्दा उनले आफू क्लबमा धाउने गरेकोमा सार्वजनिक रूपमा क्षमायाचना गरेकी थिइन् । 

गतसाता मात्र उनलाई जर्मन न्युज आउटलेट बिल्डले ‘विश्वकै सबैभन्दा बढी फेसनेवल प्रधानमन्त्री’को संज्ञा दिएको थियो । 

बिहीबार सो भिडियोबारे उनले यसरी टिप्पणी गरेकी छन्, “पार्टीमा मेरो भिडियो खिच्दै गरेको मलाई थाहा थियो । तर, त्यो भिडियो सार्वजनिक गरिएकोमा मलाई दुःख लागेको छ ।”

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय