site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली समर्थकका लागि नेपाल आएको हुँ : आर्थर गन
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल उर्फ आर्थर गन । तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल उर्फ आर्थर गनले सम्पूर्ण नेपाली समर्थकका लागि अमेरिकादेखि नेपाल आएको बताएका छन् । 

यही शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनी नेपाल आएका छन् ।

उनको नेपालमा हुन गैरहेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिन नेपाल आएको बताए ।
 
आफ्ना नेपाली समर्थकहरूलाई आर्थरले यसरी सम्बाेधन गरे, “सम्पूर्णमा न्यानो नमस्कार, नेपालमा बसेर मेरो गीतहरू सुनिदिनुभएका र अमेरिकन आइडलमा जाँदा मलाई सपोर्ट गरिदिनुभएका सम्पूर्ण नेपालीहरूका लागि अमेरिकाबाट नेपाल प्रस्तुति दिन आएको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार (१७ अगस्ट) नेपाल आइपुगेका दिवेश एक महिना नेपाल बस्नेछन् । दिवेश सांगीतिक प्रस्तुति मात्र नभइ नेपालको पर्यटन, संस्कृति र संगीत तीनवटै क्षेत्रको प्रवर्द्धन गर्नका लागि नेपाल आएको आयोजक ब्रेनसर्भिसिका निर्देशक तथा संस्थापक रिसम महर्जनले बताए । 

Global Ime bank

“दिवेश जुनजुन सहरमा कन्सर्टका लागि जानेछन् त्यहाँ कन्सर्टको साथै त्यस ठाउँको पर्यटकीय एवं महत्वपूर्ण सांस्कृति रीतितिथिलाई पनि डकुमेन्ट गर्नेछौँ । हामीले यसलाई एउटा प्रस्तुतिको रूपमा मात्रै नभएर नेपालको पर्यटन प्रवर्द्धनलाई टेवा पुग्नेछ भन्ने उद्देश्य राखेका छौँ,” रिसमले भने ।

संगीत ‘युनिभर्सल ल्यांग्वेज’ भएको भन्दै यसमार्फत पनि पर्यटन प्रवर्द्धन गर्न सकिने दिवेशले विश्वास व्यक्त गरे । 

उनको नेपाल टुर यही अगस्ट २० (शनिबार) काठमाडौंको क्लब प्लाटिनमबाट सुरु हुँदैछ । त्यसपछि अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र त्यसपछि अगस्ट ३१ मा बुटवलमा हुने तय छ ।

सेप्टेम्बरको कार्यक्रम तालिका भने तय हुन बाँकी नै छ । उपत्यकामा उनको क्लब प्लाटिनम र ससःत्वा गरी दुई ठाउँमा हुनेछ । 

उनले ७ सहरमा जम्मा ९ वटा प्रस्तुति दिँदैछन् । 

नेपाल कलाकौशल अनि प्राकृतिक सम्पदा दुवैले धनी भएको भन्दै आन्तरिक र बाह्य पर्यटकलाई अझै आकर्षित गर्न आफूहरूको यो सांगीतिक टुर र त्यसको डकुमेन्ट्रीले पनि सहयोग गर्ने विश्वास दिवेशले राखेका छन् । 

आफूलाई अमेरिकन आइडलको उपाधि जिताउन नेपालमा रहेका सबैले ठूलो प्रयास गरिदिएकोमा निकै खुशी र नेपाली भएकोमा गर्वान्वित महसुस गरेका छन् । 

आर्थरको सुरक्षा र मनसुनलाई ध्यानमा राख्दै उनका सबै कन्सर्ट इन्डोर गर्न लागेको आयोजकले बतायो । 

अमेरिकन आइडल भएपछि पहिलो पटक नेपाल आएका उनी स्वयं पनि एकदमै उत्साहित छन् । यसअघि आउँदा आफूलाई कसैले नचिनेको तर अहिले सबै नेपालीले चिन्ने भएकाले यो पटक नेपाल आउँदा धेरैको मायाका साथै न्यानो स्वागत पाएको दिवेशले बताए ।

कन्सर्टमा उनले आफैँले लेखेका नेपाली र अंग्रेजी भाषाका गीतहरू गाउनेछन् । उनलाई नेपाल टुरमा उनीसँगै आएका अमेरिकाकै उनका तीन जना ब्यान्ड सदस्यहरूले साथ दिँदैछन् । 

यसका साथै दिवेशको जनरासँग मिल्ने केही स्थानीय ब्यान्डहरूलाई पनि कन्सर्टमा प्रस्तुति दिन लगाउने आयोजकले जनाएको छ । 

वास्तविक नाम दिवेश पोखरेल भएपनि उनको स्टेज नाम भने आर्थर गन हो । उनले आफ्नो सामाजिक सञ्जालमा पनि आर्थर गन नै राखेका छन् । यीमध्ये कुन नाम प्रिय भन्दा पनि प्रिय हिसाबले बोलाए दुवै नाम प्रिय नै लाग्ने उनले बताए । 

सात वर्षअघि अमेरिका गएका दिवेश २०१८ मा व्यक्तिगत कामका लागि नेपाल आएका थिए । त्यसबेला उनले नेपालका थुप्रै नाम चलेका क्लब अनि बारहरूमा प्रस्तुति दिएका थिए । 

तर, त्योबेला उनी आएको र गएको कसैले पत्तै पाएनन् । त्यसपछि फेरि अमेरिका फर्किएका उनले सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका हुन् । 

अमेरिका संगीतको हिसाबले राम्रो ठाउँ भएको भन्दै यदि आफूसँग खुबी अनि लगन भए अर्को मुलुकमै भएपनि आफ्नो प्यासनलाई अगाडि बढाउन सक्ने दिवेशले बताए । र, उनले प्रमाणित पनि गरिरहेका छन् । उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल रहे ।

नेपालपछि उनको अस्ट्रेलिया टुर पनि तय भैसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय