site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन्दरीको फसाउने जालो अर्थात् ‘हनि ट्रयाप’ ! निसानामा व्यापारी र पैसावाल
SkywellSkywell

काठमाडौं । घटना नम्बर १– गएको साउन दोस्रो साता ‘हनि ट्रयापिङ’मा संलग्न आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट दुईजना पक्राउ परे । पक्राउ पर्ने दुवैजना श्रीमान्–श्रीमती भएको खुलासा भयो । 

पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३, बतासे घर भई भक्तपुरको बालकोट बस्दै आएकी २० वर्षीया रोजिना राउत र उनका श्रीमान् २४ वर्षीय शेखर बास्तोला थिए । 

प्रहरीका अनुसार रोजिनाले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग चिनजान गरेर फोनमार्फत कुराकानी गर्थिन् ।

KFC Island Ad
NIC Asia

नजिकिँदै गएपछि झुटा  मुद्दा लगाइदिने भन्दै ‘हनि ट्रयापिङ’ मा पार्ने काम गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरी पुरुषसँग कुराकानी गर्ने गरेको र अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई मोलमोलाई गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

Royal Enfield Island Ad

रेजिना राउतका श्रीमान् शेखर बास्तोलाले आफुलाई साईबर ब्युरोको इन्सपेक्टर भएको बताएको खुलेको छ । उनीहरुलाई रकम मोलमोलाई गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

घटना नम्बर २–

गएको असारमा ‘हनी ट्रयाप’मा पारेर रकम असुल गर्ने युवतीसहितको गिरोह काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ पर्‍यो ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक–९ की १९ वर्षीया निकिता केसी, काभ्रेपलाञ्चोक घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, खोटाङको हलेसी–७ का ३२ वर्षीय डिकबहादुर शर्मा, सुनसरीको इटहरी–७ घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र दोलखाको मेलुङ–५ घर भई ललितपुरको नखीपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा थिए ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने र ती व्यक्तिहरू नजिक भएपछि झुटो मुद्दा लगाएर फसाइदिने भन्दै त्रास देखाएर ‘ब्ल्याकमेलिङ’ गरी रकम मागेको समेत अनुसन्धानबाट खुल्यो । 

उनीहरूले रकम दिनलाई बाध्य गराउन युवतीको नक्कली परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गर्दै मोलमोलाई गरी मानसिक तनाव दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना नम्बर ३

गएको साउन पहिलो काठमाडौंबाट हनी ट्रयापमा संलग्न रहेको आरोपमा एक दम्पतीसहित तीनजना पक्राउ परे ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई–६ घर भई बौद्ध बस्दै आएका ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्दै आएका २८ वर्षीय सञ्जय कार्की थिए । पक्राउ परेका बस्नेत र कार्की श्रीमान्–श्रीमती भएको अनुसन्धानबाट खुल्यो । 

सञ्जयले घटनामा नक्कली प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गरेका थिए । उनीहरूले योजनाबद्ध रूपमा महिलाको प्रयोग गरी सामाजिक सञ्जालबाट एक पुरुषसँग चिनजान गर्दै युवतीको प्रयोग गरी ती व्यक्तिलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाई भेटघाट गरे । प्रत्यक्ष भेटघाटपछि झुटो मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई त्रास देखाउन थाले ।

पीडितको परिवार, नातेदार, साथीभाइलाई सामाजिक सञ्जालमार्फत साथी बनाई ‘प्रहरीमा निवेदन दिइको छु’ भनी नक्कली प्रहरी इन्स्पेक्टरसँग कुरा गरी राखेको रेकर्ड पठाई डर देखाउन थाले ।  पीडित प्रहरीको सम्पर्कमा पुगेपछि उनीहरु पक्राउ परे । 

घटना नम्बर ४

०७७ चैतमा हनी ट्रयापमा फसाएर रकम असुल गरेको आरोपमा दुई महिला पक्राउ परेका थिए । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१० घर भई काठमाडौंको घट्टेकुलो बस्ने ललिता भनिने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौंको कपन बस्ने ३७ वर्षीया कल्पना हमाल थिए ।

उनीहरूले कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीमार्फत् काठमाडौंको सुन्धारास्थित गेस्टहाउसमा भेट्न बोलाई गोप्य रूपमा भिडियो सुट गरे । 

त्यसपछि म्यासेन्जरमार्फत् ‘ब्ल्याकमेलिङ’ गरी लाखौँ रुपैयाँ लिए । 

कामको सिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटेलमा सबै पैसा हराएको भन्दै सहयोग गरिदिन अनुरोध गरेकी थिइन् । नजिकिँदै गएपछि ती पुरुषको समेत गोप्य भिडियो बनाइयो । पैसा नदिए घरपरिवार र प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक–पटक गरी तीन लाख दुई हजार ५०० रुपैयाँ लिए ।

निसानामा व्यापारी र पैसावाल

पछिल्ला केही वर्षयता खासगरी काठमाडौं उपत्यकामा ‘सुन्दरी’ युवतीको प्रयोग गरेर व्यवसायी, पैसावाललगायत व्यक्तिलाई हनी ट्रयापको जालोमा फसाउने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ । यस्ता घटनामा प्रहरीले पीडितको पहिचान खुलाउने गरेको छैन । प्रायःजसो घटनामा पीडित कुनै न कुनै सानो ठूलो व्यवसायमा संलग्न छन् । 

कतिपय घटनामा युवती र महिला नै मुख्य योजनाकार देखिन्छन् भने कतिपय घटनामा योजनाकार पुरुष देखिएका छन् । प्रहरी अधिकारीहरुका अनुसार हनि ट्रयापका घटनाहरुमा वृद्धि हुँदै गइरहेको छ । 

यसमा हरेक व्यक्ति आफै सचेत हुनुपर्ने प्रहरी अधिकारीहरुको तर्क छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार पछिल्ला चार घटनामा दुुईमा श्रीमान्–श्रीमती नै हनि ट्रयापमा संलग्न रहेको पाइएको छ । 

एसपी कोइराला हनि ट्रयापबाट बच्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने बताउँछन् ।

नयाँ साथी बनाउँदा चिनजानको हो वा होइन ख्याल गर्दै आफूसँग असम्बन्धित व्यक्ति भए साथी नै नबनाउन एसपी कोइराला सुझाव दिन्छन् ।

के हो हनि ट्रयाप ?

नेपालभन्दा भारतमा बढी चर्चामा रहेको शब्द हो हनि ट्रयाप । शरीर र सुुन्दरताको आकर्षणमा फसाएर रकम असुल गर्ने कार्य नै हनि ट्रयाप हो । 

हनि ट्रयापमा महिला र युवतीको प्रयोग हुँदै आएको छ । प्रहरी अधिकारीहरुका अनुसार कुनै न कुनै माध्यमबाट चिनजान गरेर युवतीले निसानामा राखेको व्यक्तिलाई आफ्नो जालमा पार्ने गरिन्छ । 

कुराकानीबाट सुरु हुँदै शारीरिकरुपमा पनि नजिक बनाइन्छ । नजिक हुँदै जाँदा युवतीले संवेदनशील फोटो, भिडियो खिच्ने, कुराकानी रेकर्ड गर्ने वा निसानामा रहेका व्यक्तिको गोप्य सूचनाहरु लिने गर्दछन् । यसका लागि उनीहरु प्रेमिका बनेको नाटकसम्म गर्छन् ।

पुरुष वा पीडित पूर्णरुपमा आफ्नो जालमा परेपछि अनि सुुरु हुन्छ ‘ब्ल्याकमेलिङ’ । प्रायः सबै घटना योजनावद्ध रुपमा हुन्छन् । 

कसलाई जालमा पार्ने वा फसाउने भनेर व्यक्तिको पहिचान गरेरै योजनावद्ध रुपमा काम हुने गरेको पाइन्छ । 

पूर्ण रुपमा आफ्नो जालमा पारेपछि ‘ब्ल्याकमेलिङ’ गरेर मोलमोलाई सुरु हुन्छ । सबै पीडितहरु आफ्नो सामाजिक प्रतिष्ठाका कारण प्रहरीसम्म पुग्दैनन् । पुग्नेहरु पनि अन्तिम अवस्थामा प्रहरी सम्पर्कमा पुग्छन् । 

प्रहरी अधिकारीहरु पीडितलाई सम्पर्कमा आउन सुझाव दिन्छन् । हनि ट्रयाप आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा चलाउँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro