site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । अमेरिकी प्रथम महिला जिल बाइडेनमा कोभिड–१९ पोजिटिभ देखिएको मंगलबार उनका प्रवक्ताले जानकारी दिएकी छन् । 

नियमित स्वास्थ्य परीक्षणको क्रममा अघिल्लो दिन उनको कोभिड–१९ परीक्षण नेगेटिभ भएपनि साँझतिर उनमा हल्का खोकीको लक्षण देखिएको जिल बाइडेनका संवाद निर्देशक एलिजावेथ अलेक्जान्डरले बताएकी छन् । 

एलिजावेथले एक विज्ञप्तिमार्फत भनेकी छन्, “र्यापिड एन्टिजेन टेस्टमा उनी पुनः नेगेटिभ देखिइन् । तर, उनको पीसीआर टेस्ट भने पुनः पोजिटिभ देखियो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

७१ वर्षीया प्रथम महिलाले दुवै मात्रा खोप र दुवै मात्रा बुस्टर डोज पनि लिएकी थिइन् । 

एलिजावेथले भनेकी छन्, “अहिले उनमा हल्का लक्षण देखिएका छन् । उनलाई अहिले प्याक्लोभिड सेवन गराइएको छ भने रोग रोकथाम तथा नियन्त्रण निकायको निर्देशिकाअनुसार उनलाई कम्तीमा पाँच दिन आइसोलेसनमा राखिनेछ ।”

Royal Enfield Island Ad

प्रथम महिला अहिले साउथ क्यारोलिनास्थित आफ्नै निजी निवासमा रहेकी छन् । त्यहाँ उनी र राष्ट्रपति बाइडेनसँगै बिदा मनाइरहेकी थिइन् । जो बाइडेन आफैँ पनि हालै मात्र कोभिड –१९ बाट मुक्त भएका हुन् । 

मुद्रा अवमूल्यन कटौती विधेयकलाई कानुनी रूप दिन हस्ताक्षरका लागि उनको मंगलबार अपरान्ह वासिङटन डीसी फर्कने कार्यक्रम थियो । 

राष्ट्रपति बाइडेन पहिलोचोटि २१ जुलाईमा कोरोना पोजिटिभ भेटिएका थिए । उनलाई पनि उनकै निजी चिकित्सक केभिन ओ कोन्नरले प्याक्स्लोभिड सिफारिस गरेका थिए । 

पाँच दिनको आइसोलेसनपछि उनी दुई पटक नेगेटिभ देखिएपछि ओभल अफिस फर्केका थिए । तर, ३० जुलाईमा उनी पुन कोभिड–१९ पोजिटिभ देखिएका थिए ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro