site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गत वर्ष १९ खर्ब २० अर्बको आयात
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पन्ज आइरन, सुनलगायतका वस्तुको आयात बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । पछिल्लो समय एम.एस.बिलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ ।

Agni Group
NIC Asia

त्यसैगरी कुल वस्तु निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिस्टर तथा अन्य), जिंक सिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

Global Ime bank

निर्याततर्फ कन्चनपुर भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात असार मसान्तसम्म वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu