अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।
"अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन," निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने ।
उनले १० अर्ब ऋण रहेको पनि बताए । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी २३ अर्ब रहेको उनको भनाइ छ । दुवैगरी ३३ अर्ब तिर्न बाँकी रहेको निगमको भनाइ छ ।
निगमले अहिले मासिक १४ करोड ब्याज मात्र तिर्नुपरिरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १७:५४
प्रतिक्रिया दिनुहोस्