राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
गृह मन्त्रालयको निर्देशनानुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरिएको भन्दै उनले प्रजिअ प्याकुरेलमाथि तत्काल कारबाही गर्न माग गरेकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रजिअ प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरू शासक नभई जनताका सेवक हुने भएकाले उनीहरूले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने बताइन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १२:२२
प्रतिक्रिया दिनुहोस्