site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यकर्ताको काम पैसाले प्रतिस्थापन गर्‍यो, निर्वाचन मिति कानुनमै राखौं
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निर्वाचन महंगो नै भएर त आवाज उठिरहेको छ । यसलाई कसरी कम गर्ने ? चुनौतीपूर्ण काम छ ।

निर्वाचन खर्च कम गर्नका लागि निर्वाचन आयोग, मतदाता र राजनीतक दल वा उमेदवार तीन पक्ष प्रतिवद्ध हुनुपर्छ । 

केही नीतिगत र प्रक्रियागत सुधारको जरुरी पर्छ । संसारभरकै रिसर्चले के देखाउँछ भने अरुको तुलनामा प्रत्यक्ष निर्वाचन प्रणाली (फस्ट पास्ट द पोस्ट) महंगो हुन्छ । प्रणाली नै महंगो ल्याइएपछि त मंँगो हुने नै भयो । प्रणाली नै परिवर्तन गर्न यसको विकल्प हो कि होइन भन्ने छ  । प्रणाली नै परिवर्तन गर्ने कि अरु पनि आधार चाहियो भन्ने प्रश्नहरु छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जुनसुकै प्रणाली ल्याए पनि जबसम्म पात्रहरु (निर्वाचन आयोग, दल वा उमेदवार र मतदाता) को व्यवहार परिवर्तन हुँदैन । त्यो प्रणालीले काम नगर्ने रहेछ भन्ने अनुभवहरुले देखाएको छ । यी तीनै पात्रलाई तयार गर्नुपर्छ । 

राजनीतिक दल वा उमेदवार 

Royal Enfield Island Ad

दलहरुको नियन्त्रणभित्र कार्यकर्ता रहेनन् । निर्वाचन महंगो हुनुमा सबैभन्दा ठूलो समस्या हो । विभिन्न कारणले दल र कार्यकर्ता टाढा भए । अनि कार्यकर्ताले गर्ने कामलाई पैसाले प्रतिस्थापन गर्‍यो ।  हामी भन्छौं नि २०४८ सालमा कार्यकर्ता आफैं खर्च गर्थे, भोकै हिँडडुल, प्रचारप्रचार गर्थे, उमेदवारको खर्च हुँदैनथ्यो रे ! हाम्रोमा पनि थियो नि त त्यो लहर । अहिले बालेनका हेरौं न ! उनले २ लाख ५७ हजार जति खर्च विवरण बुझाए भन्ने छ । त्यो किनभने चुनावमा लाग्ने कार्यकर्ता स्वतस्फुर्त भए । 

त्यहाँ कार्यकर्ताको खर्च परेन ।  त्यसैले कार्यकताहरुले गर्ने काम पैसाले प्रतिस्थापन भयो । यसलाई दलहरुले ‘रिभर्स गियर’मा कसरी ल्याउने ? 

उमेदवार कार्यकर्ताहरुले रोजेको, खोजेको चाहनाभन्दा नेतृत्वको चाहनामा हुन्छ । नेतृत्वलाई कसैले पैसा, कसैको नाताले प्रभाव पारेको पाइन्छ । उमेदवार छनोटमा तिनीहरु हाबी भए । रोजाइको मानिस नपरेपछि कार्यकर्ताले असहयोग गर्छ । कसैले विद्रोह गरे बागी उमेदवार भइदिन्छ । कोही मौन बस्छ त कतिले अन्तर्घात गर्छ । अहिले दलहरुलाई समस्या भनेको विपक्षी भन्दा पनि आफ्नै कार्यकर्तालाई कसरी समेट्ने भन्ने हो । ति बाटोमा हामी किन गयौं भनेर दलहरुले विकल्प खोज्ने क्रममा ‘प्राइमरी इलेक्सन’ भन्छ । कार्यकर्ताहरुको रोजाइको उमेदवार कसरी छनोट गर्न सकिन्छ ? त्यो विधिमा जाुनप¥यो । सबैको रोजाइमा भएपछि विद्रोह हुँदैन । 

निर्वाचन आयोग 

निर्वाचन आयोगले प्रचारप्रसारलाई ३९ दिन दिएको देखिरहेको छु । जति धेरै प्रचारप्रसारको समय भयो त्यति नै उनीहरुको खर्च बढ्छ । यसलाई घटाउँदै लैजानुपर्ने हो । त्यहाँ जानुको अर्को कारण भनेको केन्द्रिकृत निर्वाचन व्यवस्थापन प्रणालीले चुनावलाई महंगो बनायो । केन्द्र्रिकृत प्रणाली भएपछि मतपत्र यहीँबाट छाप्नुपर्‍यो, मतपत्र छाप्नका लागि निश्चित समय चाहियो । मतपत्र छाप्न सकिन्न भनेर लामो समय प्रचारलाई राख्नुपर्‍यो । यदी विकेन्द्रिकृत प्रणाली भएको भए त मतपत्र तल पनि छाप्न सकिन्थ्यो नि ! हिजोको जुुन फ्रेमवर्क  छ त्यसभन्दा माथि हामी उठ्न सकेका छैनौं । अहिले त ७५३ सरकार भए । तिनीहरुसँग सहकार्य गरेर धेरै काम गर्न सकिन्थ्यो । मतदाता नामावली, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन त्यहीँबाट गर्न सकिन्छ । 

हिजो जुन फेमवर्कबाट अघि आयौं । त्यो फेमवर्कलाई समयअनुसार परिवर्तन गर्न सकेनौं । त्यसले निर्वाचन महंगो पारेको छ । 

मतदाता 

तेस्रो पाटो मतदाता हो । मतदातामा विभिन्न कुराहरुले प्रभाव पारेको देखिन्छ । दुई–चार पैसा पाइन्छ कि भन्ने खालका मतदाता पनि छन् । उनीहरुलाई कहिले पनि निर्वाचनमा सार्वभौम अधिकार प्रत्यायोजन गरिदिन्छु, दुनिँयामा यो भन्दा ठूलो अधिकार हुँदैन भन्ने कुुरा बुझाउन सकिएको छैन । अहिले पनि सानातिना कुरामा मत गइरहेको छ । मतदातालाई पनि कसरी तयार पार्ने कुरा हेनुपर्छ । 

निर्वाचन मिति काुननमै तोकौं 

निर्वाचन मिति अप्रत्याशित जस्तो भयो । जस्तो स्थानीय सरकार त ग्यारेन्टी भयो । अदालतको निर्णयले भंग गर्न नपाउने पनि भयो । पाँच वर्ष त हामीले भनेका थियौैं । निर्वाचनमा अवधि सकिएको महिनाको यति गते गर्ने भनेर तोकिदिउँ न । 

पहिले नै मिति तोक्दा त सबैलाई थाहा हुन्छ नि । जस्तो ०७९ सालको यो महिनाको यति गते चुनाव हुन्छ भनेर कानुनमा भनिदिए त सजिलो भयो नि । 

अहिले त कहिले निर्वाचन आयोगले परामर्श दिन्छ ? कहिले सरकारले कहिले मिति तोक्छ भनेर कुर्न परेन । तीन चार महिना बाँकी हुँदा मिति तोक्यो । मिति तोक्ने तयारी त गर्नु पर्दैनथ्यो । जस्तो अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई नेपालको फलानो मितिमा हुन्छ भनेपछि उनीहरुले नि त तयार गर्छन् नि । आयोगलाई पनि महाभारत हुन्छ । दलहरुलाई पनि अप्ठ्यारो हुन्छ । छोटो अवधिका कारण उमेदवारी पनि तय गर्न सक्छन् कि सक्दैनन् । 

व्यवस्थितरुपले व्यवस्थापन गर्न मिति तोकिए सहज हुन्थ्यो । विदेशमा रहेका मतदाताहरुले यति गते निर्वाचन हुन्छ बिदा मिलाएर जाऔं न भनेर व्यवस्थापन गर्न सक्छन् । सरकार दल सबैलाई सजिलो हुन्छ, सस्तो पर्छ । सबैलाई हित हुने गरिदिए हुन्यो । जसले खर्च लगायतका विषय कम गर्न सहज हुन्छ । 

जस्तो, आयोगले १० अर्ब खर्च गर्नुपर्छ, सुरक्षा निकायले त्यो भन्दा बढी खर्च गर्नुपर्छ । चुनाव ‘टप प्रायोरिटी’ हो । खर्च गर्नका लागि मिल्छ कि मिल्दैन भन्दा पनि काम गर्नैैपर्‍यो, खर्च गर्नैपर्‍यो । यस्तो जालबाट बाहिर आउन पनि मिति तोक्दा राम्रो हुन्छ ।

चन्दा वैध कि अवैध ? 

अर्को हामीले खर्च–खर्च भनिराख्दा आम्दानी कहाँबाट आउँछ भन्ने ध्यान दिइरहेका छैनौं । त्यो आम्दानी वैध हो कि अवैध हो ?  यदि अवैध हो भने कुन चाहनाले आयो ? त्यसले भविष्यमा कस्तो परिणाम ल्याउँछ भन्ने कुरामा हामीले अहिलेसम्म चासो दिएका छैनौँ । 

चुनावमा चन्दा दिनेहरुले कर तिरेर वैध आम्दानीको कति प्रतिशत दल वा उमेदवारलाई दिन पाउने हो भन्ने कुरा कानुनामा नै भन्नुपर्‍यो ।  व्यवस्था नै नभएपछि त जसले जसरी खर्च गरे पनि भयो, छाडा खर्च हुने भयो । 

त्यसैगरी कानूनमा दल वा उमेदवारहरुलाई चन्दा कसले, कति रकम दिन्छ भन्ने कुरा खुलाउनुपर्छ ।  यदी दिएको रकममा कुनै प्रश्न उठ्यो भने छानबिन गरी त्यसलाई कारबाहीको भागी बनाउनुपर्छ । 

दिएको सहयोगमाथि कर लगाग्ने र थे्रट पनि गर्ने भयो भने फाइदा गर्छ । एउटा त्यसलाई व्यवस्थित गर्न र अर्को चन्दा माग्न आउनेलाई भन्न सक्छ ।

स्टेट फन्डिङको व्यवस्था  

अर्को पाटो दलहरुले लेबिबाट उठाएर खर्च गरेको देखिन्छ । त्यस्तै सहयोगबाट खर्च गरेको भन्ने देखाउँछ ।  पोलिटिकल फन्डिङको नाममा ठूला–ठूला नीतिगत भ्रष्टाचार भएका छन् । 

नीतिगत भ्रष्टाचार गर्ने अख्तियारको दायरामा पनि नपर्ने, मन्त्रिपरिषदे निर्णय गरिदिए हुने ! यो नीतिगत भ्रष्टाचार पनि हो । यसलाई अख्तियारको कार्यक्षेत्रभित्र ल्याउनुपर्छ ।

अर्को कुरा त्यसलाई क मगर्न राज्यले पार्टीलाई ‘फन्डिङ’ गर्नुपर्छ ।

अहिले त आयोगको सीमालाई मिल्ने गरी दलहरुले आफ्ना दलको नजिककका अडिटरलाई राखेर मिलाउँछन् । 

स्टेटले फन्डिङ गर्ने हो भने महालेखाले भित्रका कुराहरु बाहिर लिएर आउँछ । नागरिकमा जान्छ संसद्मा छलफल हुन्छ ।

दोस्रो कुरा चन्दा दाताहरुलाई पनि राज्यले पैसा दिएपछि किन सहयोग चाहियो भन्ने प्रश्न उठाउन सक्ने बनाउँछ । यी केही पाटोमा सोच्नुपर्ने हुन्छ । 

(बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीमा आधारित
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro