site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रिहा भए दुर्गा प्रसाईं, भन्छन्– हारेको छैन, लडाइँ जारी रहन्छ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका हुन् ।

रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने बताए ।

"यो मेरो जुन लडाइँ छ, तस्करहरूसँगको लडाइँ, यो जारी रहनेछ । यो लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा वर्ग, भुइँ मान्छेहरूको बोली हो, उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्ने बोली आज मैले बोल्नुपरेको छ," प्रसाईंले भने ।

बाहिरिने क्रममा प्रसाईं आफ्नो जित भएको बताए । “म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईंहरूको जित हो,” गाडीमा सवार प्रसाईंले समर्थकहरूलाई भने ।

प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरेर थुनुवा झिकाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको थियो ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

यसअघि, साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई संगठित अपराधमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro