site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank

नेपालमा गजल लेखनको प्रवृत्ति व्यापक हुँदै गएको छ । प्रारम्भमा मोतीराम भट्टले गजल लेखेर त्यसलाई अरू कविहरूले अगाडि बढाए । तर, बीचमा लामो समय गजल लेखन रोकियो ।

३० को दशकमा जब कवि ज्ञानुवाकर पौड्यालले गजल लेखनलाई पुनर्जीवित गरे, त्यसउप्रान्त नेपाली भाषामा गजल लेखन परम्पराले निरन्तरता पायो । पौड्यालसँगै ललिजन रावल, रवि प्राञ्जल, करुण थापा, बूँद रानाहरू गजल लेखनमा देखिए ।

4R4A4622-1734758970.JPG
 

पढाइको सिलसिलामा वनारसमा रहेका सनतकुमार वस्ती उर्दु, हिन्दी गजलकार र गजल गायकबाट प्रभावित थिए । जब उनी नेपाल फर्किए, नेपाली भाषामा पनि गजल लेख्न सकिन्छ भन्ने लागेर सनत कुमार नामबाट गजल लेख्न थाले । र, लामो समय बितिसक्दा पनि उनी गजल साहित्यमा समर्पित छन् ।

सनत भन्छन्, “गजल एउटा शाश्वत काव्यधारा हो । गजल हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । गजलको शाश्वत रूप जुन थियो, आज पनि त्यही नै हो । गजल हिजोको अर्कै, आजको अर्कै भन्ने नै हुँदैन ।”

मासिक गजल कार्यक्रम ‘महफिल–ए–काव्य उपासना’का संयोजक समेत रहेका गजलकार सनत कुमारसँग बाह्रखरी ‘गजल गंगा’को पहिलो भिडियोवार्ता ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro