काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा पाँच दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ ।
५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको माष्टरक्लासको अन्त्यमा सहभागीहरूले सात समूहहरू फेम चेजर्स, टिम युनिटी, टिम लायन, रोरिङ इगल, सिक्स बडिज्, टिम शून्य, र्यान्डम क्रियटर्स नामबाट विभाजित भएर २४ घण्टामा लघु चलचित्रहरू बनाएर प्रतिस्पधात्मक रूपमा प्रदर्शन गरिएको थियो ।
अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्नसक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ सुरु गरिएको मास्टरक्लासलाई अस्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोजकुमार चौहानले नेतृत्व गरेका थिए ।
चलचित्र प्रतिस्पर्धाको निर्णायकमा पूर्णेन्दु झा, दीपेन्द्र गौचन, सुशन प्रजापति र गौतम धिमाल रहेका थिए ।
चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सहभागी तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
टिम सिक्स बडिजले निर्माण गरेको चलचित्र ‘सिगरेट’ले अभिनय, निर्देशन, कला, स्क्रिप्ट प्रोडुसरसहित उत्कृष्ट चलचित्र बनेको थियो । टिम युनिटीले चलचित्र ‘गिल्टी’ले साउन्ड, छायांकन र सम्पादन अवार्ड जितेको छ ।