देश
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हिजो दुई हजार ६५६ चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २५३ जना, मदिरा पिएर सवारीसाधन चलाउने १३५, ‘जथाभावी’ हर्न बजाउने १३१, ‘जथाभावी’ यात्री चढाउने तथा ओराल्ने १०२ जना छन् ।
यस्तै, तीव्र गतिमा सवारी चलाउने ७९, ढोका खुला राखी सवारी गुडाउने ७८, रातो बत्तीको उल्लंघन गर्ने ६६, सडक लेन उल्लंघन गर्ने ७८ र गाडीमा क्षमताभन्दा बढी यात्री राख्ने १६ चालकहरू कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १०:३६
प्रतिक्रिया दिनुहोस्