देश
काठमाडौं । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक रमेश पाण्डेले जानकारी दिए ।
“६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भन्न मिल्दैन,” पाण्डेले भने ।
काठमाडौं महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको छ । गत साउन २३ गते सोमबार १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा अज्ञात समूहले तोडफोड गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ १६:३२
प्रतिक्रिया दिनुहोस्