अर्थ व्यवसाय
काठमाडौं । सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड रुपैयाँ ऋण सहायता र जापान सरकारबाट प्राप्त हुने करिब दुई अर्ब १३ करोड ६४ करोड रुपैयाँ अनुदान सहयता लिने निर्णय गरेको छ । यही साउन २६ गते बसेको मन्त्रपरिषद्को बैठकले उक्त प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको हो ।
विश्व बैंकले हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गर्न लागेको हो ।
यस्तै, जापान सरकारले पूर्वी तराईको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि २,२५६ मिलियन जापानी येन अनुदान सहायता दिन लागेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १६:२२
प्रतिक्रिया दिनुहोस्