राजनीति
काठमाडौं । सरकारले सबै तहका निजामती कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो निर्णय भएको बताए ।
“सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गते लागु हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने,” उनले भने ।
उक्त मन्त्रिपरिषद्को बैठकले योसहित विभिन्न २४ निर्णय गरेको छ ।
निर्णयहरू पढ्नोस्–
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १३:२९
प्रतिक्रिया दिनुहोस्