site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणपूरक संख्या पुगेन, प्रतिनिधिसभा बैठक फेरि स्थगित 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसद संख्या यकिन गर्दा ६७ सांसद मात्र बैठकमा उपस्थित भए ।

Dabur Nepal
NIC Asia

गणपूरकका लागि एकचौथाइ अर्थात् अहिले ६९ सांसद आवश्यक पर्छ । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।

१५ मिनेटपछि पुनः बसेको बैठकमा सुवालले फेरि गणपूरक संख्या यकिन गर्न माग गरे । तीन मिनेट घण्टी बजाएर गणना गर्दा सांसद संख्या ६७ मात्र भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । अर्को बैठक यही साउन ३१ गतेका लागि बोलाइएको छ ।

आजै यसअघि बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा पनि सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेट घण्टी बजाएर संख्या यकिन गरिएको थियो । त्यति बेला भने ९० सांसद उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu