राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चिह्नमा निर्वाचन लड्न सहमत भएका छन् ।
प्रचण्ड र भट्टराईबीच आज बिहान भएको भेटवार्तामा एउटै चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
दुई दलको बैठक बसेर त्यसलाई औपचारिकता दिने तयारी गरिएको छ । “अध्यक्षज्यूहरूको बिहानको भेटले एकल चुनाव चिह्नमा लड्ने कुरा भएको छ । अहिले पार्टीको बैठक बस्दै छ । त्यसबाट निर्णय हुन्छ । त्यसपछि फेरि दुई दलको बैठक बस्छ,” समाजवादी पार्टीका एक नेताले बाह्रखरीसित भने ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १४:४१
प्रतिक्रिया दिनुहोस्