site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उमेदवारलाई उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्दी्रय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उमेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उमेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने उल्लेख रहेको कांग्रेस सहमहामन्त्री भीष्म आङ्दम्बेले जानकारी दिए । 

बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बताए । 

बैठकले साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय पनि गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro