site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमती र सासुकाे शरीरमा आगो लगाएर फरार शंकर पाँच दिनपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । श्रीमती र सासुको शरीरमा आगो लगाइ फरार रहेका महोत्तरी औरही नगरपालिका–८ टिमकियाका शंकर सदा पक्राउ परेका छन् । 

महोत्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी भंगहा नगरपालिका ९ कञ्चनवनकी ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदाको शरीरमा आगो लगाउने शंकरलाई सार्वजनिक गरेको हो ।

शंकरले शनिबार राति मट्टीतेल खन्याएर श्रीमती प्रमिला र सासु रेसमाको शरीरमा आगो लगाइ परार भएका थिए  

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाँच दिनपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनकाअनुसार प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सीमा सम्सीबाट पक्राउ गरेको हो । 

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको कारण आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही आरोप लगाउँदै शंकरले पटक पटक झगडा गर्ने र कुटपिट गर्ने गरेका थिए । 

Royal Enfield Island Ad

आगो लागेर घाइते भएकी दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ । 

आगोले रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । प्रमिलाको शरीरको ९० प्रतिशत भाग जलेको बताइएको छ । 

वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । 

आगोले जलेर गम्भीर घाइते भएकी रेसमा ०७४ को स्थानीय निर्वाचनमा सोही वडामा दलित महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । 

प्रमिलाका तीन छोरा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro