देश
काठमाडौं । प्रहरीले बारामा १० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ ।
महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउन्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाईछिपाई भण्डारण र सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ नष्ट गरेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १५:२३
प्रतिक्रिया दिनुहोस्