site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सहयोगका लागि सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडको मोडालिटीबारे आ–आफ्नो पार्टीमा छलफल गरेपछि आज कार्यदलको बैठक बस्न लागेको हो । 

कार्यदल संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्त्वमा बैठक बस्नेछ । यसअघि, सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । 

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu