राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री भेट्न उनी बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।
अहिले प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच कुराकानी भइरहेको छ ।
जसपाबाट अलग भएर नयाँ दलमा सहभागी भएपछि चुनावी रणनीतिमा छलफल गर्न उनी बालुवाटार पुगेको बुझिएको छ । सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि छलफल गर्न समिति बनाइसकेको छ ।
गठबन्धनले डा. भट्टराईको पार्टीलाई पनि गठबन्धनमा सहभागी गराएर चुनावमा सहयोग गर्ने बताइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १७:२२
प्रतिक्रिया दिनुहोस्