काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी न्युयोर्क राज्य विधानसभाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी जोशीलाई विधानसभाले सम्मान गरेको हो ।
राज्य विधानसभाको प्रतिनिधित्व गर्दै जोशीलाई न्युयोर्क राज्य विधानसभाको डिस्ट्रिक्ट ३६ की सदस्यसमेत रहेकी सांसद जेनिफर राजकुमारले सम्मापन पत्र प्रदान गरिन् ।
‘मिस नेपाल नर्थ अमेरिका २०२२’ को ग्रान्ड फिनालेको कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो ।
नेपालका बिजुली नपुगेका गाउँहरूमा सोलार परियोजनाको थालनी गरेको, आफूले रोजेको क्षेत्रको उचाइँमा पुग्न केही पनि बाधक नबन्ने भन्ने सन्देश महिलाहरूमा पुर्याएर 'रोल मोडल' बनेको भन्दै उनलाई सम्मान गरिएको हो ।
सम्मानपत्रमा व्यावसायिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्याउन भूमिका खेलेको उल्लेख छ ।
प्रियंका रानी जोशी मिस वर्ल्डअन्तर्गत 'ब्युटी विथ पर्पस'का लागि बिजुली परियोजना बनाउन लगानी जुटाउन र ‘मिस नेपाल नर्थ अमेरिका २०२२’ को ग्रान्ड फिनालेमा सहभागी हुनका लागि गत साता न्युयोर्क पुगेकी थिइन् ।