site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
महानगरले आजै भत्काउँदै छ नर्भिकको टहरा
SkywellSkywell

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने भएको छ ।

काठमाडौं महानगरपालिकाको २४ घण्टे ‘अल्टिमेटम’अनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । “नियमविपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काउन आउँदैछौँ,” सापकोटाले भने ।

Dabur Nepal
NIC Asia

महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ ।

तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको छ ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro