देश
काठमाडौं । बझाङमा भूकम्प गएको छ ।
मंगलबार साँझ ५ बजेर ८ मिनेट जाँदा तलकोट गाउँपालिकाको धमेनानजिक ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।
केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १९:५६
प्रतिक्रिया दिनुहोस्