site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जेरुसेलम । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच युद्ध विराम गर्ने सहमति भएको छ । तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध आक्रमण गर्दै आएको थियो । जवाफमा जिहादी लडाकुहरूले पनि इजरायलतर्फ रकेट प्रहार गरिरहेका थिए ।

इजिप्टको मध्यस्थतामा द्विपक्षीय युद्ध विराम सम्भव भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि सन् २०२१ को मेमा ११ दिनसम्म चलेको द्वन्द्वपछिको भिडन्तमा कम्तीमा ४४ जना प्यालेस्टाइनीले ज्यान गुमाएका थिए । सोमबार इजरायलले गाजा क्षेत्रमा राखिएका अवरोध हटाएपछि इन्धनका ट्याङ्कहरू इजरायल प्रवेश गरेका छन् ।

इजरायली सेनाले एउटा लडाकु समूहको खतरा महसुस गरेको कारण देखाउँदै गाजा क्षेत्रका विभिन्न स्थानमा आक्रमण गर्न थालेपछि पछिल्लो भिडन्त सुरु भएको हो । केही दिनअघि इजरायलले अधिनस्थ पश्चिम किनारमा पीआईजेका एकजना वरिष्ठ सदस्यलाई गिरफतार गरेपछि तनाव सुरु भएको हो । 

Royal Enfield Island Ad

आइतबार साँझ प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले यस भिडन्तमा मारिने ४४ जनामध्ये १५ जना बालबालिका भएको पुष्टि गरेको छ । तीनसय जना भन्दा बढी घाइते भएको यस भिडन्तको कारण इजरायलको आक्रामक नीति भएको प्यालेस्टाइनको आरोप छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro