देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका नर्भिक इन्टरनेसनल हस्पिटलका घर–टहरा हटाउन निर्देशन दिएको छ । महानगरको शहरी व्यवस्थापन विभागले सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।
अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ । निर्देशन अनुसार नगरे कारबाही गरिने समेत सूचनामा भनिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ १५:४४
प्रतिक्रिया दिनुहोस्