site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

लोकतान्त्रिक प्रक्रिया र अभ्यास मर्यादा पालन भएमात्र सार्थक हुन्छन् । आधारभूत मान्यताको मर्यादा नराख्ने हो भने निर्वाचनजस्तो अनुपम लोकतान्त्रिक अभ्यास पनि छलमा परिणत हुन्छ । 
 
प्रतिनिधि सभा र प्रदेश सभाहरूको आसन्न निर्वाचन ‘छल’मा परिणत हुन नदिन सरकार, राजनीतिक दलका साथै जनसाधारणले समेत निर्वाचनको मर्यादा पालन गर्नुपर्छ । यसमा सबैभन्दा बढी जिम्मेवार सरकार हुनुपर्छ । 
 
निर्वाचन आयोगले आचार संहिता लागु गरेका मितिबाट अनुगमन गर्ला तर मर्यादा पालन गर्नका लागि कुनै विधि, निषेध र मिति पर्खिनु पर्दैन । विडम्बना, सरकारको अभ्यास र आचरण भने चुनावलाई मर्यादित बनाउनेतर्फ लक्षित देखिएको छैन ।
 
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि सरकारले कर्मचारीको सरुवा, बढुवा गरिरहेको छ । हुँदाहुँदा सरकारमा नयाँ दल सामेल हुने चर्चासमेत हुन थालेको छ । यस प्रकारको क्रियाकलापले निर्वाचन स्वच्छ र स्वतन्त्र हुन दिँदैन ।
 
निर्वाचनको मिति घोषणा भएपछि संसदीय अभ्यासअनुरूप सरकार स्वतः कामचलाउ बन्नपुग्छ । कामचलाउ सरकारले निर्वाचनमा प्रभावित पार्ने र दीर्घकालीन असर पर्ने कुनै कामकाज गर्नु हुँदैन । 
 
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले २०७६ सालको जेठ २१ र २७ मा गरेको मन्त्रिपरिषद् विस्तारलाई ‘संविधानको मूल मर्म र भावनाविपरीत’ भएको ठहर गरेको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अवस्था पनि नैतिकरूपमा त्यसभन्दा फरक देखिँदैन ।
 
निर्वाचन आयोगले जारी गर्ने ‘आचार संहिता’ विधि र निषेधको आवधिक दस्तावेज होला । परन्तु, सदाचार भने कानुन नभए पनि अपनाउनु पर्ने आचरण हो । मूल्य मान्यताको मर्यादा राख्न कानुनको डर देखाउनु पर्दैन । 
 
यसैले सरकारले अब सरुवा, बढुवा वा नयाँ नियुक्ति गर्न बन्द गर्नुपर्छ । पार्टीहरूले गठबन्धन, मोर्चा  जे जे गर्ने हो गरून् तर सरकारले निर्वाचन प्रभावित हुने काम गर्नु हुँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १२:३६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro