site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डको एक नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु 

बैंकक । दक्षिणपूर्वी थाइल्यान्डको छोन्वुरी प्रान्तस्थित एउटा नाइटक्लबमा आगलागी हुँदा कम्तीमा १४ जना मानिसको ज्यान गएको छ । करिब ४० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान १ बजे सात्ताहिप जिल्लाको माउन्टेन बि नाइटस्पोटमा आगलागी सुरु भएको थियो । भिडियो फुटेजमा मानिसहरू चिच्याउँदै भागिरहेको र केहीको लुगामा पनि आगो लागेको देखिन्छ ।

आगो लाग्नुको कारण पत्ता लाग्न सकेको छैन । उद्धारकर्मीहरूले भित्तामा रहेका ज्वलनशील पदार्थको कारण आगलागीले झनै चर्को रूप लिएको बताएका छन् । राजधानी बैंकक देखि १ सय ५० किमी टाढाको छोन्वुरीको सो एक तले नाइट क्लबको क्षेत्रफल ४ हजार ८ सय वर्ग मिटर रहेको छ । 

स्थानीय सञ्चार माध्यमले आगो नियन्त्रणमा ल्याउन अग्निनियन्त्रकहरूले दुई घन्टा भन्दा बढी संघर्ष गरेका थिए । त्यहाँ संगीत बजाउँदै गरेका बेला आगोमा जलेर मरेका एकजना कलाकारकी आमाले संगीत प्रस्तुति भइरहेको समय आगो लागेको बताएकी छन् । अधिकांश पीडितका लाश मुख्य द्वार नजिक र बाथरुमहरूमा फेला परेका छन् । 

बीबीसीबाट ।   
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro